मुक्तिनाथका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

Read Time = 2 mins

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई ल्याण्डमार्क होटल्स एण्ड रिसोर्ट प्रालिका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालिअन्तर्गतका विभिन्न स्थान काठमाडौं, पोखरा, चितवनमा रहेका आफ्ना होटलमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ADVERTISEMENT

साथै, बैंकले मुक्तिनाथ विशिष्ट सहज कर्जा योजनाअन्तर्गत दुई करोडसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा सम्पूर्ण आवश्यक कागजात पूरा गरेको तीन कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?