विषाक्त मदिरा सेवनबाट २२ जानको मृत्यु

Read Time = 1 min

मोतिहारी । भारतको विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ । मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको विहार प्रहरीले जनाएको हो ।

विषाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेका र तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको पुलिस अधिक्षक कान्तेशकुमार मिश्राले बताउनुभयो । प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार ११० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ ।

ADVERTISEMENT

बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्यसरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवं बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज