काठमाडौं । बिस्केट जात्राको अवसर पारेर टोखा नगरपालिकाले आज सोमबार सार्वजनिक बिदा दिएको छ ।
टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताउनुभयो ।
काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्त्वसमेत रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts