एसबिआइक्याप्स र एनएसएमबिएलबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । एसबिआइक्याप्स र नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ (एनएसएमबिएल) बीच कर्पाेरेट कार्यालय काठमाडौंमा आइतबार सम्झौता भएको छ ।

सम्झौताको मुख्य लक्ष्य परियोजनामा लगानी, स्याण्डिकेस, प्रोडक्ट एप्परराइसल र नेपालमा अन्य वित्तीय परामर्श सेवालगायतका विविध सम्भावित अवसरका लागि पारस्परिकरूपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजना पहिचान, सञ्चालन र कार्यान्वयन गर्नु रहेको कम्पनीले जनाएको छ । नेपालमा विशेषगरी जलविद्युत्लगायतका पूर्वाधार क्षेत्रमा तीव्रगतिमा कार्य बढेको छ । जसमा परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको छ ।

ADVERTISEMENT

सम्झौतापत्रमा एसबिआइक्याप्सका कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सिएस सेट्टी, एसबिआइक्याप्सका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बंशल, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमारलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज