एनआरएनएका लागि वर्ष २०७९ उपलब्धिपूर्ण

Read Time = 4 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले वर्ष २०७९ एनआरएनएका लागि उपलब्धिपूर्ण रहेको जनाएको छ । सो अवधिमा एनआरएनएले उठाएका महत्वपूर्ण एजेण्डा र मागको सम्बोधन भएको जनाएको छ । नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करिब १० अर्ब बराबरको लगानी कोष भएको ‘एनआरएनए नेपाल डेभलपमेन्ट कम्पनी’ दर्ता गरी हाल आवश्यक काम अघि बढेको, वैदेशिक रोजगारी तथा आप्रवासन सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन सरकारसँग समन्वय र सहकार्य गरिरहेको, सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रूपमा पछिल्लोपटक सरकारले ल्याएको ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ लाई एनआरएनएले महत्वपूर्ण उपलब्धि ठानेको छ ।

एनआरएनएले स्थापनाकालदेखि नै माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेकाले छिट्टै कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । नेपालको इतिहासमै पहिलोपटक संवैधानिक व्यवस्थाबमोजिम गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न संसद्बाट दुई-दुई पटक विधेयक पारित गराउन तत्कालीन सरकारले निर्वाह गरेको भूमिकाप्रति पनि एनआरएनएले आभार प्रकट गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, कोरोना महामारीबीच अक्सिजन कन्सन्ट्रेटर तथा मास्क वितरणदेखि नेपालका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको, गैरआवासीय नेपाली नागरिकता, लगानी तथा वैदेशिक रोजगारका विषयमा विभिन्न सत्र आयोजना गरिएको, आइओएमसँग प्रवासी कामदारको ज्ञान र सीपबारे छलफलका साथै यही वर्ष एनआरएनए स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन, एसिया प्रशान्त र युरोप क्षेत्रीय भेलासमेत सम्पन्न भएको एनआरएनएको भनाइ छ ।

त्यसैगरी पर्यटन प्रवद्र्धनका सन्दर्भमा संघ तथा प्रदेशस्तरीय सहकार्य भएको, चितवन र धनगढीमा मोबाइल ब्लड बससेवा सञ्चालन ल्याएको र बाँकी अन्य पाँच प्रदेशमा सञ्चालन गर्ने योजनाअनुरूप आवश्यक काम भइरहेको, डोटी भूकम्पपीडितलाई सहायतासहित झापा, गाईघाटलगायतका स्थानमा विभिन्न शिविर सञ्चालन गरिएको, विभिन्न एनसिसीद्वारा विभिन्न जिल्लामा रक्तदान कार्यक्रमसहित विभिन्न परोपकारी तथा सामाजिक कार्यसमेत सञ्चालन गरिएको, नेपालका विभिन्न क्षेत्रमा मोबाइल ट्वाइलेटको अवधारण ल्याइएको एनआरएनएका अध्यक्षत्रयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज