सिन्धुलीमा दोहोरी गीत प्रतियोगिता सम्पन्न

Read Time = 4 mins

सिन्धुली । नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा जिल्लास्तरीय लोक तथा दोहोरी गीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

सिन्धुलिको खुलामञ्चमा आयोजित प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिशिर सिद्ध र पवित्रा रम्तेलको टोली प्रथम, धर्मेन्द्र सेञ्चुरी र निर्मला मोक्तान द्वितीय, मानकुमार विक र सावित्रा कालिकोटे तृतीय एवं रीता थिङ र स्याम पुलामीको टिमले सान्त्वना स्थान प्राप्त गरेका थिए । दोहोरी गीत प्रतियोगिताको प्रमुख निर्णायकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषका सदस्य नवीन पौडेल, बासु सिंखडा र भरत बराकोटी हुनुन्थ्यो ।

प्रतियोगितामा सहभागी टिमले गीतगाउँदा दर्शक दीर्घाबाट व्यापक हुटिङ र तालिले साथ दिएका थिए । प्रतियोगी टिमले रोचक र घोचक शब्द वाणले प्रहारगर्दा सिन्धुली खुलामञ्चको माहोल उल्लासमय भएको थियो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद पोखरेल (उज्ज्वल)को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समितिकी उपप्रमुखलगायत विभिन्न पालिकाका प्रमुख, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष, उद्योग वाणिज्य संघ सिन्धुलीका प्रतिनिधि हुनुन्थ्यो ।

ADVERTISEMENT

जिल्लामै पहिलोपटक आयोजित लोक तथा दोहोरी गीत प्रतियोगितामा प्रथम हुनेलाई पच्चीस हजार, द्वितीय हुनेलाई पन्न हजार र तृतीय हुनेलाई दश हजार रुपयाँ प्रदान गरिएको प्रतिष्ठान सिन्धुलीका अध्यक्ष नन्दलाल श्रेष्ठले बताउनुभयो । सिन्धुली जिल्लाका सम्पूर्ण स्थानीय तहहरूको सहकार्यमा आयोजित कार्यक्रममा प्रतियोगिताका अलावा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नवीन पौडेलले करिब आधा दर्जन गीत प्रस्तुत गर्नुभएको थियो । उहाँको प्रस्तुति निक्कै उत्कृष्ट थियो । उहाँको गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । त्यसैले हरेक गीत गाइनसक्दै ‘वान्स मोर’को आवाज गुञ्जिन्थ्यो । कार्यक्रममा बलबहादुर गुरुङ, अमृता लुंगेलीलगायतले गीत प्रस्तुत गर्दा कार्यक्रमको माहोल निक्कै तातिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?