काठमाडौं । नयाँ वर्ष नयाँ धमाका भन्ने नाराका साथ एनएमबी बैंकले नयाँ वर्ष २०८० को ‘एनएमबी सजिलो क्युआर कर्जा’ सुविधा ल्याएको छ । बैंकले सर्वसाधारणसम्म वित्तीय पहुँच सुनिश्चितताका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित आन्तरिक प्रविधि विकास गरी बैंकको क्युआर प्रणालीमा आबद्ध साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी दुई लाखसम्मको एनएमबी सजिलो क्युआर कर्जा प्रदान गर्नेछ ।
विद्युतीय कर्जा प्रणाली विस्तार गर्ने, कर्जा प्रक्रिया सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उद्देश्यका साथ सुरू गरिएको यस कर्जाबाट ग्राहकको व्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements