हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

Read Time = 2 mins

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ ।

मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण संकलन गरेको छ ।

निर्माण पक्षले तयार गरेको मापदण्डभित्र क्षति पुगेका धेरै स्थानीयवासीले यसअघि नै क्षतिपूर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गर्न थालेपछि उक्त समिति बनेको थियो ।

ADVERTISEMENT

मिक्वाखोला गाउँपालिकातर्फ खोलाले कटाएको जमिनको नाप नक्सा हेरेर पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल भएको समितिका संयोजक दुर्गाप्रसाद चोङवाङले बताउनुभयो ।

अनुगमनका क्रममा मेरिङ्देन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाध्यक्षलगायत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज