काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो ।
सभामुखले संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनुभएको छ ।
सभामुखले २०७९ चैत २५ गते सिंहदरबारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।
बिहीबारको छलफलमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन तीन दलका शीर्ष नेताहरूबीच सहमति बनेको थियो।






