काठमाडौं । रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चरप्रेमीका लागि सबैभन्दा ठूलो फेस्ट हो । यस वर्ष ओटाकु जात्रा नयाँ वर्ष वैशाख १ मा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुँदैछ ।
विगत केही वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको इभेन्टमा कस्प्ले प्रतियोगिता, गेमिङ टुर्नामेन्ट, वर्कसपका साथै लोकप्रिय एनमी र म्याङा आर्टिस्टको कला प्रदर्शन पनि हुने गर्छ । ओटाकु जात्राको सह-प्रायोजकका साथै रियलमी सो इभेन्टको अफिसियल स्मार्टफोन पार्टनर हो ।
सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘ओटाकु जात्रासँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । ओटाकु जात्राले जसरी एनमी र म्याङाकल्चर प्रवद्र्धन र सेलिब्रेट गर्दै आएको छ, यो एकदमै प्रशंसनीय छ । आशा छ यस सहकार्यले हामी र हाम्रो रियल फ्यानसँगको सम्बन्ध अझ नजिक बनाउने अवसर प्रदान गर्नेछ ।’






