अपाङ्ग बालिका बलात्कार मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको गुनासो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सुनसरी । सुनसरीको इनरुवामा अपाङ्ग बालिकाउपर करणीको आरोपमा पक्राउ परेका व्यक्ति छुटाउन पीडित पक्षलाई दबाब दिँदै आएको विषय बाहिरिएको छ ।

इनरुवा ४ को उक्त घटनामा पीडक पक्षका आफन्तले पैसाको प्रलोभन दिएर मुद्दा फिर्ता लिन दबाब दिने गरेको पीडित पक्षको भनाई छ । करणीको आरोपमा प्रहरीले संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही चलाइसकेको छ । प्रहरी प्रतिवेदनका आधारमा अदालतले प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान समेत गरीसकेको छ ।

यद्यपि, पीडित परिवारले भने आफूहरुले धाकधम्की खेपिरहनु परेको भन्दै गुनासो गरेका छन् । उनीहरुले पीडक पक्षले आफूहरुलाई मुद्दा फिर्ता लिन धाकधम्की दिँदै आएको बताए । पीडीतको घरमा केही दिनअघि आगलागी भएको थियो । जसलाई सुनियोजित दाबी गर्दै आएको पीडित परिवारले त्यसपछि भने असुरक्षित महशुस गरेको छ ।

ADVERTISEMENT

मुद्दा फिर्ता लिन दिइँदै आएको धम्की र आर्थिक प्रलोभनको विषय पीडित परिवारले बाहिर ल्याएको हो । पीडितकी आमाले आफूलाई आएको धम्कीबारे छिमेकीहरुले समेत साथ नदिएको आरोप लगाउनु भयो । घटनाको विषयमा सुनसरी प्रहरीले भने करणीको आरोपमा पक्राउ गरिएका व्यक्तिलाई जिल्ला अदालत बुझाइएको र त्यहाँबाट कारागार चलान भएको बताएको छ ।

घरमा लागेको आगलागीको पछिल्लो घटनाबारे भने थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज