ढाकाकुमारबारे आज निर्णय लिँदै रास्वपा, सांसदबाट हटाउने तयारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । आज बिहान ९ बजे चितवनमा केन्द्रीय समितिको जुम बैठक बस्न लागेको हो ।

अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित हुनुहुन्छ । उहाँले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसित दुई करोड रुपैयाँ माग गरेको भन्ने अडियो सार्वजनिक भएको हो ।

उक्त अडियो उहाँको भएरनभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ । रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

ADVERTISEMENT

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिनुभउको थियो । तर सांसद श्रेष्ठलाई रास्वपाले सांसद र पार्टी साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गर्ने तयारी गरेको छ ।

भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?