मन्त्रिपरिषद्को निर्णयः सिंहदरबार र बालुवाटारको फोहोर उठाउन पहल गर्ने

संयमित रहन काठमाडौं महानगरका प्रमुख साहलाई सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।

‘काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।’ सरकारकी प्रवक्तासमेत रहनुभएकी सञ्चारमन्त्री रेखा शर्माले भन्नुभयो ।

ADVERTISEMENT

उहाँले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापन नीतिगत रूपमा स्थानीय सरकारले गर्ने हो । सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौँ । उहाँ अराजकतातिर जानुभएको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ । कि त नीति परिमार्जन हुनुपर्‍यो । नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो ।’

उहाँले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाषक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *