काठमाडौं । नेपाल टेलिकमले आगामी तीन महिनाका लागि स्प्रिङ अफरका रूपमा विभिन्न अफर उपलब्ध गराउने भएको छ । अफरमा एफटिटिएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । डाटा सुविधामात्र उपलब्ध भएको एफटिटिएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमै उपलब्ध हुनेछ ।
विगतदेखि नै एफटिटिएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकले भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमै पाउनेछन् । साथै कम्पनीले एकवर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराउँदै आएको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाएको छ ।
त्यसैगरी एनटिटिभीसहितको प्याकेज लिने ग्राहकले वार्षिक १२ हजारमा २० एमबिपिएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटिटिभी सेवा पाउनेछन् । कम्पनीले विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सियुजी प्याक, पोष्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts