मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्मार्टफोन

Read Time = 1 min

काठमाडौं । कृषि विकास बैंकका दुई भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन पाएका छन् । बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ता जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारलाई एक/एक थान स्मार्ट फोन प्रदान गरेको हो ।

बैंकले ५६औँ वार्षिकोत्सवका अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरेका विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममध्ये बैंकको मोबाइल बैंकिङबाट प्रथमपटक पाँच सय रुपैयाँ वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यमानीले मोबाइल फोन उपहार पाएका हुन् ।

ADVERTISEMENT

त्यस्तै, बैंकको मोबाइल बैंकिङबाट प्रथमपटक पाँच वा सोभन्दा बढी रकमको मोबाइल टपअप गर्ने भाग्यशाली ५६ ग्राहकले जनही पाँच सय ६० रुपैयाँ क्यासब्याक प्राप्त गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज