सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउन सक्छ : अध्यक्ष गोल्छा

Read Time = 6 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताउनुभएको छ ।

मंगलवार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राख्नुभएको हो । उहाँले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने बताउनु भयो । उहाँले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने बताउने दाबी गर्नुभयो । उहाँले व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताउनु भयो । उहाँले विभिन्न देशहरुमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताउनु भयो ।

अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पु¥याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताउनु भयो । उहाँले महासंघ सरकारबिरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताउनु भयो । उहाँले अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताउनु भयो । उहाँले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा अहिले निराशा छ यो हटेर जान्छ । अहिले लागत बढेको छ तर सधैँ अक्सर टाढा रहने छैन । अहिले व्यवसायी कठिन छ । तर सम्मुन्नतिको बाटो हामीले नै कोर्ने छौं । यो मेरो कल्पना मात्रै होइन । विगतमा हामीले पुष्टि गरेर देखाएका छौं । व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वर्दलने गर्विलो इतिहास हामीसँग छ । अब पनि यो सम्भव छ ।अब मैले उद्योग वाणिज्य महासंघलाई काविल हातको जिम्मा लगाउँदैछु । महासंघले निर्वाध काम गर्न पाऔं । यो उद्योग मन्त्रीले अवसर सिर्जना गरिदिनुपर्छ । व्यवसायीहरुको खुट्टामा जन्जीर लगाउने सुविधा छैन । व्यवसायीहरुको सहकार्य सरकार बिरुद्धको आन्दोलनमा कहिल्यै नहोस् । सरकार र व्यवसायीहरुको सहकार्य सर्वसाधरणको लागि होस् । सरकारले हामीलाई सहयोग गरोस् मुलुकमा समउन्नति लिएर आउँछौं । यो सम्भव छ । निजी क्षेत्र अघि बढ्दा भारतमा प्रति वर्ष १ दशमलव ४ का दरले गरिबीको दर दर घटेको छ । हामीजस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पुगेको छ । ३० वर्षअघि १ सय दिनको अवधीमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसतन ८ प्रतिशत रहेको छ । अहिले अफ्रिकाको दोस्रो व्यवसायिक नीति भएको मुलुक पनि बनेको छ । अहिले हामी अर्थतन्त्र सुधारमा लगेका छौं । यो अवस्था हामी सबैले सिर्जना गरेका छौं । असर पनि हामीलाई नै परेको छ । समाधान पनि हामीसँगै छ । अहिलेको आर्थिक गतिविधि डेढ वर्षअघिको अवस्थामा आधा घटेको छ । उत्पादन लागत, औपचारिक रुपमा ९ महिनादेखि ८ प्रतिशतको दरमा रहेको मूल्यले खर्च गर्ने शक्ति कम भएका छ ।’

उहाँले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताउनु भयो । उहाँले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिनुभयो ।

उहाँले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अपm्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज