जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्ने उद्देश्यले विवाह गर्दा अनिवार्य वडा पालिकाको सिफारिस चाहिने व्यवस्था गरेको छ । उक्त पालिका-५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषणा गरिएको छ ।
सन २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दीगो विकासको लक्ष्यअनुरूप जिल्लाको पातारासीका गाउँलाई बाल विवाह मुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । यहाँका आठ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका-५ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भन्नुभयाे, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तीका रूपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको अध्यक्ष बोहोराको भनाइ छ ।”
अब अरु वडालाई छिट्टै बालविवाह मुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृतिलाई रोकथाम गर्नेका लागि वडापालिकाको कार्य महत्त्वपूर्ण भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बाल विवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले बालविवाह रोकथाम गर्नेका लागि विभिन्न गैरसरकारी संघसंथासंग सहकार्य, समन्वय बाट काम भइरहेको छ ।
विद्यालयमा बालविवाह अन्त्य गर्नका लागि सचेतनाका कार्यक्रम संचालन भइरहेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । आउने वैशाख महिनाको पहिलो सातामा पालिकाको वडा नम्बर ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिने तिला गाउँपालिकाको महिला विकास शाखाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच