रुस-युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ ।

बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो । चुहावट भएका दस्तावेजहरु मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ ।

ADVERTISEMENT

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्विकार गर्दै सो  विषयमा अनुसन्धान भइरहेको जनाएको छ । उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरु कस्ले इन्टरनेटमा हाल्यो ? भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेको छ ।

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारीसहित रुस र युक्रेन दुबैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरु चुहावट भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज