जुरोपानी सबस्टेसन सञ्चालनमा

Read Time = 4 mins

काटमाडौं । झापाको गौरादह नगरपालिका-७ ग्वालडुब्बा जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत् उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मको न्यून भोल्टेज समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । छ/आठ एमभिएको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ ।

प्राधिकरणका अनुसार सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइनेछ । हाल जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी (दमक) १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन धेरै लामो हुँदा सो क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायत समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्तिपछि उपभोक्ताले अहिले बेहोरिरहेको समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । सो क्षेत्रका कृषकले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिँचाइ गर्दै आएका छन् ।

ADVERTISEMENT

पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई सो क्षेत्रमा कुटानी–पिसानी मिलका उपकरण, पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा संलग्न आयोजनाका सहायक इञ्जिनियर दुर्गादत्त सुवेदीले बताउनुभयो ।

पाडाजुगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ । गौरादह क्षेत्रको विद्युत् आपूर्ति समस्या समाधान गर्न जरुरी भएकाले वैकल्पिक व्यवस्थाका रूपमा पाडाजुगी–गौरीगञ्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?