काठमाडौं । मिसेस ग्लोबल नेपाल २०२३ को उपाधि सोलुखुम्बुको लक्की शेर्पाले चुम्नु भएको छ । हिमालयन मुभिजको आयोजनामा काठमाडौंको सम्पन्न भएको कार्यक्रममा शोर्पाले सो उपाधि चुम्न सफल हुनुभएको हो । कायैक्रममा फष्ट रनरअप भूमिका बुढामगर र सेकेण्ड रनरअप चन्द्रकला तामाङ हुन सफल हुनुभयो ।
यस्तै अन्य उपाधिमा मोस्टइन्टेलिजेन्ट लक्की शेर्पा, वेष्ट फोटोजेनिक गीता विक, मोस्टकन्फिडेन्ट चन्द्रकला तामाङ, मोस्टएक्टिभ ऋतु श्राफ, मोष्ट स्मार्ट सञ्जु प्रधान, मोस्ट डिलिजेन्ट उषाकुमारी शाह, मोष्ट एट्रेक्टिभ भूमिका बुढामगर, वेष्ट ड्रेसमा गीता विक, मोष्ट पपुलर लक्की शेर्पा र पब्लिक चोयस भिडियो अवार्ड लक्की शेर्पाले हात पार्न सफल हुनुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा नायक विशाल विष्ट, नायिका सुष्मा अधिकारी, मोडल एवं मिष्टर हृयान्डसम नेपाल अभिषेक खड्का, मिसेस नेपाल आइडल शर्मीला राई, मोडल जोर्डन राजभण्डारी र ब्युटिसियन नेपाल हेमा पुनमगर रहनुभएको थियो । कार्यक्रममा विविध आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा प्रतियोगीले करिब दुई सातासम्म व्यक्तित्व विकास, बोलचालको अभ्यास, स्टेज प्रस्तुति, क्याटवाक, फोटोसुटलगायत विषयमा प्रशिक्षण लिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच