मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकियाे, मागबारे सहमति भएन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।
सोमवार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताउनु भयो ।

उहाँले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको बताउनु भयो । उहाँले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताउनु भयो । उहाँले यसअघि पीडितहरुसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताउनु भयो ।

उहाँले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताउनु भयो । उहाँले मंगलवार मिटरब्याजी पिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले मिटरब्याजी पिडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *