कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रूपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गर्नुभयो । शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । आइतबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एक हजार २१६ नमुनामध्ये ६७१ जनाको पिसिआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँचजना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ । काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरू छन् भने संस्थागत आइसोलेसनमा १३ जना छन् । यस्तै, सात जनाको आइसियुमा राखेर उपचार भइरहेको छ भने चार जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ । आइतबार मात्रै कोरोनाबाट ११ जना निको भएर घर फर्किएका छन् ।

ADVERTISEMENT

यसअघि शनिबार ६४ जनामा कोरोना संक्रमण देखिएको थियो । अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ ।

यस्तै, काठमाडौंका स्थानीय तहले पनि आवश्यकताअनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखा परेको थियो । मन्त्रालयले संक्रमणको लक्षण देखिनेबित्तिकै परीक्षण गराउन र आइसोलेसनमा बस्न अनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?