सेयर बजारमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ अंकमा झरेको हो । यस दिन दुई सय ६८ कम्पनीका ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर एक अर्ब १५ करोड ९४ लाख ४८ हजारमा कारोबार भएको छ । कारोबार भएका सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह १७९.९४ र निर्जीवन बीमा समूह १५३.३६ अंकले घटेको छ भने बैंकिङ समूह १५.११, विकास बैंक समूह ६१.५२, वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७.९० अंकले घटेको छ ।

लगानी समूह ०.६६, उत्पादन तथा प्रशोधन समूह ४९.८१, लघुवित्त ४४.३५, म्युचुअल फण्ड ०.१०, अन्य समूह १७.०३ र व्यापार समूह २७.३३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माछापुच्छ्रे बैंक डिबेन्चर-२०८५ को सेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

सबैभन्दा धेरै नबिल बैंकको पाँच करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्टको पाँच करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ । ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर दुई लाख २३ हजार चार सय ३७ कित्ता खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज