श्रीलंकाका इष्टर सन्डे पीडितलाई न्याय दिइने : राष्ट्रपति

Read Time = 3 mins

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आइतबार सन् २०१९ मा भएको इष्टर सन्डेका सबै पीडितलाई न्याय दिने आश्वासन दिनुभएको छ । उहाँले त्यसका निम्ति सबै कानुनी प्रक्रिया अघि बढिरहेको बताउनुभएको छ । कोलम्बो गजेटका अनुसार घटनाको स्वतन्त्र र निष्पक्षरूपमा घटनाको छानविन गरिनेछ ।

आफ्नो इष्टर आइतवार सन्देशमा राष्ट्रपति विक्रमासिंघेले आक्रमणबाट भएको पीडाबारे आफू सचेत रहेको बताउँदै उक्त दुःखद् घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्षरूपमा अघि बढिरहेको बताउनुभएको छ ।

श्रीलंकाका राष्ट्रपतिले यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी देशको सुरक्षा सुनिश्चित गर्न आफ्नो अटल प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘सबै पीडितलाई न्याय सुनिश्चित गर्न यस उद्देश्यका लागि आवश्यक आधार तयार गरिएको छ । म त्यस्ता जघन्य कार्यको पुनरावृत्तिलाई रोक्ने गरी हाम्रो देशको सुरक्षा सुनिश्चित गर्न मेरो अटल प्रतिबद्धताको प्रतिज्ञा गर्दछु’, राष्ट्रपतिले भन्नुभयो । आफ्नो सन्देशमा राष्ट्रपतिले सरकार जात, धर्म, पार्टी वा रंगको भेदभाव नगरी सबै श्रीलंकाली जनताहरूको आकांक्षा पूरा गर्न समर्पित रहेको पनि उल्लेख गर्नुभएको छ ।

ADVERTISEMENT

‘मलाई दृढ विश्वास छ हामी निकट भविष्यमा यी चुनौती पार गर्न सक्छौं’, राष्ट्रपतिले भन्नुभयो । श्रीलंकाली साझा एजेन्डामा एकजुट हुने, साँघुरो राजनीतिक उद्देश्य र प्रतिगामी प्रवृत्तिलाई परास्त गर्दै त्योभन्दा माथि उठ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अप्रिल २१ मा क्रिस्चियन समुदायले इष्टर सन्डे मनाउने क्रममा श्रीलंकाका कोलम्बो, नेगोम्बो, कोच्चिकेडे र बट्टिकालो आलगाययत आहरमा आठवटा विष्फोटन भएका थिए । उक्त शृंख्लाबद्ध विष्फोटमा ११ भारतीयसहित कम्तीमा २५० जनाको मृत्यु भएको थियो भने पाँच सयभन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा कम्तीमा ४० विदेशी नागरिक र कम्तीमा ४५ बालबालिका रहेको बताइएको छ । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?