इजरायल र प्यालेस्टाइन बिच एकअर्का माथी हमला जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दै गएको छ ।

लेबनान तथा प्यालेस्टाइन भुमिवाट इजरायल माथी एकपछि अर्को आक्रमण भइरहेका छन् भने इजरायलले पनि हमासका सेल्टर माथी निशाना बनाउन सुरू गरेको छ ।

पछिल्लो समयमा इजरायलको तेल अभिभमा प्यालेस्टाइनले आक्रमण गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार प्यालेस्टाइनले इजरायलको तेल अवी वेस्ट बैंकमा आक्रमण गरेको छ । जुन आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्  ।

तेल अभिभको भीडभाड भएको क्षेत्रमा एउटा कारमाथी आक्रमण हुदाँ एक जनाको मृत्यु भएको थियो भने सोही समयमा वेस्ट बैंकमा कारमा गोलीबारी भएको थियो, जुन गोलाबारीमा परेर दुई इजरायली दिदीबहिनीहरू मारिएका छन् ।

सो घटनालाई इजरायली प्रहरीले आतङ्ककारी हमला भएको बताएको छ । ‘कार चालक किन यसरी भीडमा प्रवेश गरे भन्न गाह्रो छ तर यसको पछाडि प्यालेस्टाइनको हात छ’ प्यालेस्टाइन प्रहरी अधिकृतले भने । उनका अनुसार आक्रमणमा १६ र २० वर्षका दुई दिदीबहिनीको मृत्यु भएको र उनकी आमा भने गम्भीर घाइते भएकी छिन् ।

ADVERTISEMENT

सो घटना पछि इजराइलका प्रधानमन्त्री बेंजामिन नेतन्याहूले भने, ‘आतंकवादीहरू हाम्रो भूमिमा घुमिरहेका छन्, तर हाम्रो सुरक्षा बलहरूले उनीहरूलाई पछ्याइरहेका छन् ।'

अल अक्सा मस्जिदमा इजरायलले कारबाही सुरू गरेपछि प्यालेस्टाइनी संगठन हमासले इजरायलमाथी रकेट हमला सुरु गरेको हो । १७ बर्ष पछि लेबनानबाट पनि इजरायलमाथी ठुलो मात्रामा रकेट प्रहार गरिएको थियो जवाफमा इजरायलले पनि गाजापट्टीमा हवाई आक्रमण गरी हमासको मोर्चालाई ध्वस्त पारेको थियो । इजरायलका अनुसार उनीहरुको लडाकु विमानले हमासको सुरुङ र हतियार नष्ट गरेको छ भने बिहीबार पनि गाजा पट्टीमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो ।

इजरायलले हमासलाई आतंकवादी संगठन भन्दै आएको छ । हमासले गाजापट्टी नियन्त्रण कायम गर्छ । अहिले पुन अहिले प्यालेस्टाइनले यसको जवाफ दिने क्रममा इजरायली भुमीमा आक्रमण सुरु गरेको हो ।

अहिलेसम्म इजरायलमा गाजाबाट २५ र लेबनानबाट ३४ रकेट प्रहार गरि सकिएएको थियो । इजरायली सुरक्षाा अधिकारीहरूका अनुसार अधिकांश रकेट हमासले प्रहार गरे पनि विफल हुन पुगेको छ । यी आक्रमणमा दुई जना सामान्य घाइते भएका छन् ।

इजरायल डिफेन्स फोर्सले यसलाई सन् २००६ यताकै सबैभन्दा ठूलो रकेट हमला भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?