काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले केसर स्विट्स एण्ड फुड्समा विभिन्न मिठाइका परिकारमा १० प्रतिशत छुट पाउने भएका छन् । सोे सम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केसर स्विट्स एण्ड फुड्सका सह-संस्थापक प्रिया तयालले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीले केसर स्विट्सका विभिन्न मिठाइका परिकार खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता