बजेट मस्यौदाका लागि समिति गठन

Read Time = 2 mins

काठमाडौं । अर्थ मन्त्रालयले अगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण सुरु गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको मस्यौदा लेखनका लागि समिति गठन गर्नुभएको छ । अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा शुक्रबार बजेटको मस्यौदा लेखन समिति गठन गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट गठित समितिमा अर्थ मन्त्रालयका सहसचिवहरू उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनराज शर्मा सदस्य रहनुभएको छ ।

संविधानअनुसार हरेक आर्थिक वर्षको आयव्यय विवरण जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बजेट तयारीका लागि मन्त्री महतले बजेटको मस्यौदा लेखन समिति गठन गर्नुभएको हो । समितिले आगामी आर्थिक वर्षको बजेटको खाका तयार गर्नेछ ।

ADVERTISEMENT

अर्थतन्त्रलाई गति दिने तथा ब्याजदर घटाउने र बजारमा माग बढाउने गरी बजेट ल्याउने तयारी छ । मन्त्री महतले अर्थतन्त्रलाई गति दिन भए पनि नयाँ कार्यक्रमभन्दा पनि पुराना कार्यक्रमलाई निरन्तरता दिने संकेत गर्नुभएको छ । नेता कार्यकर्ता रिझाउन स्रोत व्यवस्थापन नै नगरी योजना घोषणा गर्ने अभ्यास अन्त्य गरिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?