चन्द्रागिरि हिल्सको नयाँ वर्ष छुट

Read Time = 1 min

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीलाई केबलकार टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट दिने भएको छ ।

योजनाअन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीले जीपलाइन, स्काई साइक्लिङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोह शुल्कमा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

छुट सुविधा लिन सेयरधनीले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । योजना एक वर्षका लागि लागू रहने बताइएको छ । साथै प्रत्येक भ्रमणमा सेयरधनीलाई सन्ध्याकालीन केबलकार टिकटसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज