काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।
बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताएका उहाँले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराउनु भयो ।
सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उहाँको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता