प्रहरीका सन्ततिलाई सनराइजको ९० लाख छात्रवृत्ति

Read Time = 2 mins

काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झण्डै ७० लाख अर्थात् ६९ लाख ८० हजार छ सय ३४ रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेको छ । नेपाल र नेपाली जनताका लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न आठवटा विद्यालयका जेहेन्दार सन्ततिलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा चारदेखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरूप छात्रवृत्ति प्रदान गरेको हो ।

ADVERTISEMENT

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको सम्झौतापत्रमा हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थिति रहेको थियो । उक्त सम्झौतापत्रमा सनराइजका नायब महाप्रबन्धक नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले हस्ताक्षर गर्नुभएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्ष एक सय ५० भन्दा बढी कार्यक्रम गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?