काठमाडौं । ग्लोबल हाइड्रोपावर एसोसिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच त्रिपक्षीय सम्झौता भएको छ । ग्लोबल हाइड्रोपावरले निष्कासन गर्न लागेको ५८ करोड ६० लाख सेयर पुँजी बराबरको सय रुपैयाँ दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयरको प्रत्याभूति गर्न सम्झौता भएको हो ।
एक कार्यक्रमबीच ग्लोबलका अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता