जेरुसेलमको अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

Read Time = 2 mins

जेरुसेलम । पूर्वी जेरुसेलमको पुरानो सहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुंगामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लंघन गरेका र विष्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् ।

मस्जिदको शान्ति सुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको उनले स्पष्ट गरेका छन् । नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन् ।

ADVERTISEMENT

जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधबार बिहानैदेखि झडप भएको बताएका छन् । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् । हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिक रूपमा उपस्थित हुन आहृवान पनि गरेको थियो । रमजानको पवित्र महिनामा हजारौं भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् ।

अल अक्सामा झडप भएपछि उत्तरी गाजापट्टीबाट इजरायली क्षेत्रतर्फ धेरै रकेट प्रहार भएका थिए । इजरायली सेनाले गाजापट्टीबाट प्रहार भएका पाँचवटा रकेटलाई देशको हवाई रक्षा प्रणालीले रोकेको र अन्य चारवटा निर्जन स्थानमा खसेका जनाएको छ । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?