‘मधेशका मसिहा हौँ’ भन्नेहरुले मधेशलाई ठग्ने काम मात्र गरे : अध्यक्ष ओली

'मोरंग, सुनसरी, सप्तरीका जनताबाट लखेटिएका उपेन्द्र फेरि ठगबन्धनको सहारा लिएर बारा आइपुगे'

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । आफूलाई मधेशका मसिहा भन्नेहरुले मधेशलाई ठग्ने काम मात्र गरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ ।

बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिर नजिकै बुधवार आयोजना गरिएको एमाले पार्टीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफूलाई मधेशको मसिहा भन्ने उपेन्द्र यादवले मधेश र मधेशी जनतालाई ठग्ने काम मात्र गरेको बताउनुभयो ।

पटक पटक सरकारमा गए पनि मधेश र मधेशीको लागि केही नगरेको र अहिले पनि मधेशमा आएर चुनाव जित्ने खोक्रो मधेशवादको नारा लिएर मधेशीहरुलाई झुक्याउन आएको उहाँले बताउनु भयो ।

विगत लामो समयदेखि मोरङ, सुनसरी, सप्तरी लगायतको ठाउँबाट निर्वाचित भएका यादव मधेश र मधेशी जनताको लागि केही गरेका छैनन्, उहाँले भन्नुभयो,‘जसको कारण मोरंग, सुनसरी, सप्तरीका जनताहरुले उनलाई लखेटे । फेरि पनि मधेशी जनताहरुलाई झुक्याउन, उनी ठगबन्धनको सहारा लिएर बारा जिल्ला आइपुगेका छन् । तर अब मधेशी जनताले उनको भनाई र गराईको बारेमा बुझिसकेका छन् भन्दै उहाँले यसपालीको उपचुनावमा बाराली जनताहरुले समेत उनलाई बाराबाट लखेटनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

ADVERTISEMENT

साथै जातिय राजनितिले देश अगाडि बढ्न नसक्ने एमाले अध्यक्ष ओलीले बताउनु भयो । एमाले राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउँदै उहाँले देश बलियो बनाउने पार्टी एमाले मात्र भएको जिकिर गर्नुभयो ।

लडाकुको नाममा अर्वौ भ्रष्टाचार गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले राहतको नाममा माओवादी कार्यकर्तालाई पैसा बाँडेर देशको ढुकुटी रित्याउने काममा लागेको उहाँले आरोप थियो ।

द्वन्द पीडितलाई राहत दिने सरकारको निर्णय प्रति उहाँले भन्नुभयो,‘जुन विशुद्ध वास्तविक पीडित जनताको लागि नभई माओवादी कार्यकर्तालाई रकम दिने षडयन्त्र हो ।’

सतारुढ दलहरु लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको उहाँको आरोप थियो । साथै न्यायालयलाई समेत अनावश्यक मुद्दामा अल्झाएर काम गर्न नदिएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *