शिक्षक संघ नवलपरासीद्वारा पाल्हिनन्दन गाउपालिकामा ज्ञापन पत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । नेपाल शिक्षक संघ पश्चिम नवलपरासीले आज एक कार्यक्रमका बीच पाल्हिनन्दन गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

गाउँपालिकाले बनाएको शिक्षा ऐन संघीय शिक्षा ऐन अनुसार बाझिने गरि बनेको भन्ने र पालिकाले नै बिद्यालय व्यस्थापन समितिको अध्यक्ष तोकेको अभिभावक र शिक्षकहरुबाट गुनासो आएको बताउदै शिक्षक संघ अध्यक्ष भोजराज चापागाईंले पाल्हिनन्दन गाउँपालिका बाट सुरु भएको यो अभियान नवलपरासीका सबै पालिकामा पुर्‍याउने बताउनु भयो ।

ADVERTISEMENT

संघीय शिक्षा ऐन अनुसार स्थानीय निकायले शिक्षा ऐन न्याउनु पर्ने, अभिभावक भित्रैबाट अभिभावक समिति चयन हुनु पर्ने, कार्यबिधि निमार्ण गरि शिक्षकको सल्लाहमा सरुवा गर्ने, शिक्षकलाई मासिक रुपमा तलब बितरण गर्ने, गुणस्तरीय शिक्षाका लागि संघ र संगठनसँग अन्तरक्रिया गर्नु पर्नेलगायतका बिषयमा ध्यानाकर्षण गराइएको अध्यक्ष चापागाईंले बताउनु भयो ।

शिक्षक संघको ज्ञानप पत्र बुझ्दै पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले शिक्षाका मुद्दामा शिक्षकहरुसङ्ग मिलेर अगाडी बढ्ने बताउनु भयो । गुप्ताले शिक्षक संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै पालिकामा शिक्षाका सरोकारका बिषयमा सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?