प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन पर्छ : विप्लव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गर्नु भएको छ ।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उहाँको जिकीर थियो ।

श्रमिक समूदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफै समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्क समेत गर्नु भयो । उहाँले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप पनि लगाउनु भयो ।

ADVERTISEMENT

महासचिव विप्लवले भन्नु भयो, ‘जातिवाद समाजको लागि घातक कुरा हो । त्यो स्विकार्य हुँदैन । स्विकार्नु हुँदैन । तर पहिचान भनेको छुट्टै कुरा हो । जातिको आफ्नो भाषा, संस्कृति, आफ्नो स्वतन्त्रता त्यो चाहिन्छ । आज हामी पूर्वमा भन्छौं नि । पूर्वका किरात प्रदेश राखे के फरक पर्छ ? अझ लिम्बुहरुको पनि छ त्यहाँ । अझ कोचको पनि छ । त्यो सबैलाई जोडेर कोच, लिम्बु, राई सबैको केन्द्रित गरेर एउटा साझा नाम । त्यहाँका जनताहरुलाई चित्त बुझ्दो नाम राखे के फरक पर्छ ? के कोशी राख्ने वित्तिकै त्यहाँ जातिय पहिचान नहुने अरु राखेपछि मात्रै हुने कुरा हो ? त्यो त शासक वर्गीय चिन्तन हो । अहिलेसम्मकमा नेपाल शासकहरुले सोच्ने चिन्तन हो त्यो । भूगोल विशेषको कारणबाट हेर्ने वा जाति विशेषको कारणबाट हेर्ने आफैंले ब्याख्या गर्ने दृष्टिकोण गलत हो । त्यहाँ जनता सन्तुष्ट हुुनुपर्दछ । र, जनता आफैंले आफू समाहित भएको, समेटिएको, आफ्नो स्वतन्त्रता कायम भएको अनुभूति गर्नु पर्छ । प्रजातन्त्र भनेको जनताको अनुभूति हो । जनता पीडित भएको अनुभूति गर्छन भने त्यो प्रजातन्त्र अधिनायकवादी हुन्छ । त्यो प्रजातन्त्र जनताको होइन ।’

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने पटकपटक दोहो-याउनु भयो । उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दवाव सचेत गराउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *