नेविसंघमा १० दिनभित्र समिति विस्तार र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ । असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो ।

आइतबार पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार्टी सचिव प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। उहाँहरूबीच चार बुँदे सहमित भएको छ ।

ADVERTISEMENT

उहाँहरूबीच १० दिनभित्र शेर्पाको अध्यक्षतामा रहेको संघको तदर्थ समितिलाई पूर्णता दिने, संघको १२औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *