काठमाडौं । सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सदस्यले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाउनु भयो । त्यसपछि उहाँले मोबाइलन चलाउन आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस् ।’






