काठमाडौं । युनिलिभरको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा हिमाल सरसफाइ अभियान २०२३ मा नेपाली सेनासँग हातेमालो गरेको छ । युनिलिभर नेपालका लागि जे राम्रो छ, त्यसका पक्षमा उभिने र विश्वास गर्ने भएकाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग युनिलिभरको यो तेस्रो सहकार्य रहेको कम्पनीले जनाएको छ । हिमाल संरक्षण गर्ने र चुचुरो÷हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।
यस वर्षको अभियानअन्तर्गत सगरमाथा, लोत्से, अन्नपूर्ण, वरुणत्से हिमाल सफाइ गर्दैै ३५ टन फोहोर संकलन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार फोहोरमुक्त विश्वका लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ ।
युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भन्नुभयो, ‘यस निरन्तर सहकार्यमार्फत् हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोर पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ ।’ नेपाललाई आफ्नो शिखरहरूका लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उहाँले युनिलिभरले हिमाल सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको बताउनुभयो ।
कम्पनीका अनुसार युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहोर सम्बोधनका लागि कडा मिहिनेत गर्ने यसले उद्देश्य राखेको छ । मुखर्जीले भन्नुभयो, ‘हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौँ र आउँदा दिनमा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुनेछौँ ।’







Breaking news with related posts