फिनल्याण्डमा प्रधानमन्त्री मारिनको पार्टी तेस्रो स्थानमा

Read Time = 5 mins

हेलसिन्की । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीले तेस्रो स्थानमा छ ।
मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी)लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै सोसल डेमोक्र्याटले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।

शीर्ष तीन दलले करिब २० प्रतिशत मत प्राप्त गरेकाले कुनै दल एक्लैले सरकार बनाउन सक्ने अवस्था देखिएको छैन । नर्डिक देश (फिनल्याण्ड)को संसद्मा २०० सिटका लागि २२ दलका दुई हजार ४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ‘यो नतिजाका आधारमा फिनल्याण्डमा नयाँ सरकार गठनका लागि राष्ट्रिय गठबन्धन गर्न पार्टीको नेतृत्वमा वार्ता सुरु गरिनेछ,’ कन्जरभेटिभ पार्टीका उत्साही नेता पेटेरी ओर्पोले भन्नुभयो ।

३७ वर्षको उमेरमा युरोपकी सबैभन्दा कान्छी नेतृ बन्न सफल मारिनले युक्रेनको समर्थन र नेटोमा सामेल हुन फिनल्याण्डको सफल आवेदनको पक्षमा वकालत गर्ने राष्ट्रपति सौली निनिस्तोसँग उहाँको प्रमुख भूमिकाका लागि अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गर्नुभएको थियो ।
फिनल्याण्डका पूर्वअर्थमन्त्री तथा सम्भावित नयाँ प्रधानमन्त्री ५३ वर्षीय ओर्पोले आफ्नो आगामी कार्यकालमा किभसँग नर्डिक देशको ऐक्यबद्धता बलियो रहने विश्वास दिलाउनुभयो । ओर्पोले भन्नुभयो, ‘पहिले युक्रेनबारे हामी युक्रेनी जनताको साथमा छौं’, ओर्पोले भन्नुभयो । हामी यो भयानक युद्ध स्वीकार्न सक्दैनौं । हामी युक्रेन, युक्रेनी जनता मद्धत गर्न आवश्यक सबै काम गर्नेछौं, किनभने तिनीहरूले हाम्रो लागि लडेका छन् । यो स्पष्ट छ ।’ ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संकेत गर्दै उहाँले भन्नुभयो, ‘युक्रेनबाट रुस तत्काल फिर्ता हुनुको कुनै विकल्प छैन किनभने मस्कोको युक्रेनी जनतासँग हार हुनेछ ।’

रुससँग लामो सीमा जोडिएको फिनल्याण्डले यसै साताको सुरुमा नेटो सदस्य बन्ने अन्तिम अड्चन फुकाएको थियो भने गठबन्धनका सदस्य टर्की र हंगेरीले देशको सदस्यता लिने प्रयासमा हस्ताक्षर गरेका थिए ।

ADVERTISEMENT

फिनल्याण्डको संसद् एडुसकुन्टामा एनसीपीले ४८ सिट जितेको छ भने आप्रवासन र युरोपेली संघविरोधी एजेण्डामा चलेको राष्ट्रवादी पार्टी फिन्सले क्रमशः ४६ सिट र मरिनको सोसल डेमोक्र्याट्सले ४३ सिट पाएका छन् ।

पर्यवेक्षकहरूका अनुसार यो परिणामले फिनल्याण्डको राजनीतिक परिदृश्यमा शक्ति परिवर्तन को अर्थ राख्छ किनकि राष्ट्रले अब राष्ट्रवादी स्वरको साथ नयाँ केन्द्र–दक्षिणपन्थी सरकार पाउने सम्भावना छ । सरकारले सन् २०१९ देखि देश तथा विदेशमा निकै लोकप्रिय प्रधानमन्त्री मारिनलाई मध्य वामपन्थी मन्त्रिमण्डलबाट प्रतिस्थापन गर्ने भएको छ ।

संसद्मा बहुमत प्राप्त मन्त्रिमण्डल गठन गर्ने लक्ष्यका साथ आगामी दिनमा एनसिपीको नेतृत्वमा सरकार गठनका लागि वार्ता सुरु हुने अपेक्षा गरिएको छ । रासस/एपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?