एजेन्सी । फ्रान्सेली सरकारमा सामाजिक अर्थतन्त्र सम्हाल्ने मन्त्रीले वयस्क म्यागजिनको कभरमा बोल्ड पोज दिएको विषयले चर्चा पाइरहेको छ । ४० वर्षीया मन्त्री मार्लेन शियाप्पा प्ले ब्वाय म्यागजिनको कभरमा आउनुभएपछि यसको टीकाटिप्पणी भइरहेको छ ।
यो म्यागजिन महिलालाई यौनजन्य वस्तुको रूपमा प्रस्तुत गर्नका लागि विश्वभर प्रसिद्ध छ । यो म्यागजिनको कभरमा आएर फोटोसुट गराएपछि फ्रान्समा उहाँको निकै आलोचना भइरहेको छ । त्यहाँ प्रधानमन्त्री एलिजाबेथ बोर्न र अन्य मन्त्रीहरूले यसलाई लाजमर्दो कार्य भनेका छन् ।
प्लेब्वाय पत्रिकाको कभरमा देखिनुका साथै मन्त्री मार्लेनले समलिंगी र महिला अधिकारका बारेमा १२ पृष्ठको अन्तर्वार्ता पनि दिनुभएको छ । सामाजिक सञ्जालमा प्लेब्वाय म्यागजिनको कभर शेयर गर्दै मार्लेनले लेख्नुभएको छ, ‘महिलालाई आफ्नो शरीरमा पूर्ण अधिकार छ, उनीहरू आफ्नो शरीरसँग जे चाहन्छन् त्यो गर्न स्वतन्त्र छन् ।’
आफ्नो बचाउ गर्दै उहाँले ‘फ्रान्समा महिला स्वतन्त्र छन्, पिछडिएको विचारधारालाई यो समस्या छ भने जारी राख्न सक्छन्’, लेख्नुभएको छ ।
विपक्षी दलका नेताले मार्लेनको यो कदमले फ्रान्सका जनताको सम्मानमा चोट पुगेको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘जनता सडकमा उत्रिएका छन्, महँगीका कारण खानाको व्यवस्थापन गर्न मुस्किल परेको छ । यी सबैको बीचमा मन्त्रीले यस्ता गतिविधि गरिरहेका छन् ।’ प्लेब्वाय म्यागजिनले मार्लेनलाई समर्थन गरेको छ । उसले भनेको छ, ‘सबै मन्त्रीहरूमध्ये, मार्लेन प्लेब्वायको कभरमा हुनका लागि सबैभन्दा उपयुक्त हुनुहुन्थ्यो । उहाँले लामो समयदेखि महिला अधिकारका लागि काम गरिरहनुभएको छ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता