सुनचाँदीको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो । यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज