खोटाङमा साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न यायोक्खाको आग्रह

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङले साइनबोर्ड, लेटरप्याड र छापमा कोशी प्रदेश नलेख्न आग्रह गरेको छ ।

अहिले प्रदेशभरका जिल्ला जिल्लामा कोशी लेखिएको बोर्ड हटाउने, लेटरप्याड जलाउने, कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यहरुलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति, नगरपालिका, गाँउपालिका, वडा कार्यालयहरु, राजनैतिक दल, सवै सरकारी कार्यालय, संंघसंस्थाहरु विद्यालयहरुलाईकोशी प्रदेश नलेख्न आग्रह गरेको हो ।

पहिचानको आधारमा किरात प्रदेस पुनः नामकरण गर्न किरात राई यायोक्खा जिल्ला कार्य समितिको शनिबार सम्पन्न विस्तारित बैठकले आग्रह गर्दागर्दै आम नागरिकहरुको चाहाना विपरित कोशी प्रदेस लेखिएको खण्डमा त्यसपछि उत्पन्न हुने घट्नाको जिम्मेवार सम्बन्धित कार्यालय नै हुनुपर्ने जनाईएको छ ।

ADVERTISEMENT

बैठकले कोसी नामाकरणमा मतदान गर्ने सांसद, मन्त्रीहरुलाई जिल्लामा अतिथिको रुपमा नल्याउन, जनआक्रोसलाई बुझेर सांसद तथा मन्त्रीहरुलाई जिल्ला प्रवेश नगरिदिन यायोक्खाले सबै पक्ष र निकायहरुलाई आग्रह गर्ने निर्णय गरेको यायोक्खाका सचिव युगसन किरातले सोमबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिनुभएकाे छ ।

किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारी कोशी नाम राख्ने पक्षमा परोक्ष वा अपरोक्ष रुपमा उभिएर सक्रियता देखाउने किरात राई यायोक्खाका केन्द्रीय पदाधिकारीहरुलाई किरात राई यायोक्खा जिल्ला कार्य समितिको कुनै पनि कार्यक्रममा सहभागी हुन बञ्चित गर्ने तथा जिल्ला, पालिका, वडा तहमा किरात राई यायोक्खा, आदिवासी जनजाति महासंंघ, पहिचान पक्षधर पार्टी पहिचानको आन्दोलनमा क्रियाशील संघसंस्था तथा नागरिक समाज सम्मिलित संयुक्त आन्दोलन संघर्ष समिति गठन गरि आन्दोलनलाई सशक्त बनाउने बैठकले निर्णय गरेको राईले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?