सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिँदै छ ।
राजावादी नेताहरू केशरबहादुर विष्ट र सिनेट श्रेष्ठ लगायतको अगुवाइमा एक कार्यक्रमकाबीच पूर्वराजा शाहको नागरिक अभिनन्दन गर्न लागिएको हो ।
अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने अनुमान गरिएको छ ।
कार्यक्रमका आयोजकहरुले जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यक्रमका लागि अनुमति मागेका थिए ।
तर प्रशासनले कार्यक्रमका लागि अनुमति दिएको छैन । सुरक्षाको कारण देखाउँदै प्रशासनले अनुमति दिन नमानेको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts