दोल्ती पावरको आइपीओ बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आयोजना प्रभावित क्षेत्र दैलेखका स्थानीय बासिन्दाहरुका लागि उक्त आइपीओ जारी गरेको थियाे । उक्त आइपीओमा रितपूर्वक आवेदन आवेदकहरूमा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसमध्ये कम्पनीले अति प्रभावित क्षेत्र नौमुले र कालिका गा.वि.स.मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता, आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानिय बासिन्दाहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

उक्त आइपीओको नतिजा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आइपीओ रिजल्टबाट हेर्न सकिन्छ । साथै रितपूर्वक प्राप्त नभएका आवेदकहरुको सेयर वापतको रकम चैत २० गते सोमबारदेखि बैंक खातामा रकमान्तर गरिने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज