सूर्य भन्दा तीस अर्ब ठूलो ब्लाक होल फेला पारेको दावी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ । खगोलविद्हरूको एक समुहले अहिलेसम्मकै ठूलो ब्ल्याक होल पत्ता लगाएकाे बताएका छन् ।

डरहम विश्वविद्यालयका अनुसन्धानकर्मीको समूहले नयाँ प्रविधि प्रयोग गरी अहिलेसम्मकै ठुलो ब्लाक होल पता लगाएको हो । जुन ब्लाक होलका बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको ‘नोटिस जर्नल’ मा आलेख प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो ।

सो जर्नलमा उल्लेख भए अनुसार उनीहरूले ‘ग्राभिटेसनल लेन्सिङ’ नामक प्रविधि प्रयोग गरी नयाँ ब्ल्याकहोल फेला पारेका हुन । यस प्रविधिको प्रयोग गरी खगोलविद्हरूको सो समुहले प्रकाशको बाटोलाई पारिरहेको प्रभाव अध्ययन गर्दै जाँदा उक्त ब्ल्याकहोल पत्ता लगाएका थिए ।

ADVERTISEMENT

सो अनुसन्धानको नेतृत्व गरेका जेम्स नाइटिङ्गेलले त्यो ब्ल्याकहोल कति ठूलो छ भनेर बुझ्न भने गाह्रो भएको बताएका छन् । उनको समूहले प्रकाशन गरेको अनुसन्धानात्मक आलेखका अनुसार एबेल १२०१ तारामण्डलको एक आकाशगंगामा रहेको उक्त ब्ल्याक होल, हाम्रो सूर्यभन्दा ३० अर्ब गुणा ठूलोसमेत रहेको उनीहरूले जनाएका छन् ।

‘यदि राति आकाशमा देखिने सबै तारा र ग्रहहरूलाई एउटै विन्दुमा राख्ने हो भने त्यो विन्दु ब्ल्याक होलको एक प्रतिशत मात्र हुनेछ,’ अनुसन्धनकर्ता मध्येका एक खगोलबिद नाइटिङ्गेलले बीबीसीसँग भनेका छन्, ‘ब्रह्माण्डका धेरैजसो आकाशगंगाभन्दा यो ब्ल्याक होल ठूलो देखिएको छ।’

सन् २००४ मा डरहम विश्वविद्यालयका प्राध्यापक एलिस्टर एजले ब्रह्माण्डका तस्वीरहरू अध्ययन गरिरहँदा प्रकाशको ठूलो चाप देखेपछि यो ब्ल्याक होलका बारेमा अध्ययन तथा अन्वेषण सुरू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज