न्युर्योक । मिसिसिपीमा आएको आँधीले तहसनहस गरेको महिना दिन नबित्दै दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा पुनः आएको शक्तिशाली आँधीबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ।
अमेरिकाको कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट बिद्युत अबरुद्ध भएको, घरहरु भत्किएको, सवारी साधानहरु पल्टिदा करोडौंं रुपैयाँको क्षति हुन पुगेको अमेरिकन सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
अर्कान्सस राज्यमा तीव्र रुपमा चलेको हावाहुरीका कारण कार पल्टिदा सो कारमा सवार रहेका ५ जनाको मृत्यु भएको छ भने तिब्र हावाहुरीका कारण टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन ।
यस्तै, अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको खबर आए पनि त्यसको औपचारिक जानकारी भने अझै पाउन सकिएको छैन । ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन् । रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन् ।
अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले प्रभावित क्षेत्रमा आपत्तकालको घोषणा गरेका छन । उनीहरुले घरबाहिर ननिस्कन तथा बिद्युतीय सामाग्री चलाउँदा जोगिनका लागि आग्रहसमेत गरेका छन् ।
अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा