पश्चिमा मुलुक मस्कोको ‘अस्तित्व’ का लागि खतरा : रूस

Read Time = 2 mins

मस्को । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनले अपनाएको नयाँ विदेश रणनीतिले पश्चिमा मुलुक मस्कोका लागि ‘अस्तित्वको खतरा’का रूपमा चित्रण गरेको बताउनुभएको छ । गत वर्ष युक्रेनमा सेना तैनाथ गर्ने रूसको निर्णयपछि पश्चिमा मुलुकसँग रूसको सम्बन्ध चिसिएका बेला यो घोषणा गरिएको हो ।

‘हाम्रो देशको सुरक्षा र विकासका लागि अस्तित्वको खतराको प्रकृति, अमित्र राष्ट्रहरूको कार्यद्वारा प्रेरित छ,’ विदेशमन्त्री लाभरोभले रूसको सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘नीतिमा संयुक्त राज्य अमेरिकालाई रूसविरोधी भावनाको मुख्य उक्साहट र चालकका रूपमा प्रत्यक्षरूपमा नामाकरण गरिएको छ ।’ उहाँले भन्नुभएको छ, ‘रूसलाई हरसम्भव तरिकाले कमजोर बनाउने पश्चिमाहरूको नीतिलाई नयाँ प्रकारको ‘हाइब्रिड’ युद्धका रूपमा चित्रण गरिएको छ ।’

विश्वमा ‘आमूल परिवर्तन’का कारण विश्वव्यापी मञ्चमा संलग्नताका लागि रूसको रणनीतिको अद्यावधिक आवश्यक रहेको बताउँदै उहाँले आफूले औपचारिकरूपमा ४२ पृष्ठको नयाँ दस्तावेज घोषणा गरेको स्वीकार गर्नुभयो । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?