लोकतन्त्रको १७ वर्ष: संक्रमणकालीन न्याय अलपत्र विषयमा अन्तक्रिया

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा लोकतन्त्रको १७ वर्ष: संक्रमणकालीन न्याय अलपत्र विषयक अन्तक्रिया गरिएको छ । मानव अधिकार तथा शान्ति समाज गुल्मीको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया गरिएका हो ।

अन्तरक्रिया कार्यक्रमको मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसाको प्रतिक स्वरुप चार वटा क्यान्डिलमा दिप प्रज्वलित गरी जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै खत्रीले राजनैतिक व्यवस्थाको परिवर्तनपछि ठिक ढंगले डेलिभरि दिन सकेको भए यो प्रश्न नउठ्ने बताउनुभयो ।

तत्कालिन समयमा व्यवस्था परिवर्तनका लागि द्वन्द भएपनि अहिले सत्ताका लागि राजनैतिक दलहरुबीच द्वन्द हुने गरेको बताउनुभयो । अहिले व्यवस्था परिवर्तन भए पनि ठिक ढंगले डेलिभरि दिन नसक्दा युवाहरु देशप्रति आशावादी नभएको उल्लेख गर्नुभयो । द्वन्दका घटनाहरु राजनीतिक दलहरुले समयमै व्यवस्थापन गर्न सकेको भए अहिलेको प्रश्न र परिस्थिति फरक हुने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले द्वन्दपछि नेपालमा मेलमिलापको पाटो भने उदाहरणीय रहेको बताउनुभयो । समयमै सत्य, न्याय निरूपणको पाटोमा झकझकाउन आवश्यक रहेको बताउनुभयो । न्याय निरूपण समयमै गर्नुपर्छ भन्ने मान्यता रहेको बताउँदै कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले मानवअधिकारलाई मुख्य रूपमा लिएर अघि बढ्नुपर्ने समेत उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

त्यस अवसरमा नेकपा एमालेका नेता हरिप्रसाद पोखरेल, काँग्रेस नेता छवि पाण्डे, नेकपा माओवादी केन्द्रका नेता वीर बहादुर कार्की, राष्ट्रिय जनमोर्चाका नेता हरि न्यौपानेले समयमै द्वन्दपीडितहरुको न्याय, निरुपणका विषयमा राजनैतिक पार्टीहरुबाट कमजारी भएको भन्दै मिलेर यसको समाधानका लागि बाटो खोज्नुपर्ने बताउनुभयो ।

सहभागीहरुले संक्रमणकालीन न्याय अलपत्र परेको जिकिर गर्नुभएको थियो । लोकतन्त्र प्राप्त भएको १७ वर्ष वितिसक्दा पनि संक्रमणकालीन न्याय अलपत्र हुनु लोकतन्त्रको दुखद पक्ष रहेको उहाँहरुले उल्लेख गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाज गुल्मीका सभापति ढुण्डीराज पोखरेलले लोकतन्त्रको १७ वर्षः संक्रमणकालीन न्याय अलपत्र विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा मानव अधिकार तथा शान्ति समाज, नेपाल सकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका मर्म अनुरुप संक्रमणकालिन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउन इमान्दारितको प्रर्दशन गर्न सुझावहरु प्रस्तुत गरिएको छ । उहाँले लोकतन्त्रको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय अलपत्र हुनु दुःखद पक्ष रहेको भन्दै यस संस्थाका गुल्मी शाखा सभापति दलहरुमा इमान्दारिता आवश्यक रहेकाे उल्लेख गर्नुभयो ।

वडाअध्यक्ष कृष्णप्रसाद पाण्डे, पूर्व क्याम्पस प्रमुखहरु चन्द्रकान्त पन्थी, दीन पन्थी, सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डेले संविधान जारी गर्नु अघि नै द्वन्दकालिन समस्या समाधान गरि संविधान जारी गरेको भए धेरैले समयमै न्याय पाउने बताउनुभयो । राजनैतिक पार्टीका नेताहरु द्वन्दकालीन समस्या समाधान गर्नुको साटो अत्तालिएर सत्तामा पौडि खेलिरहेको उहाँहरुको भनाइ छ । आयोजक संस्थाका उपाध्यक्ष डोरविक्रम श्रीसको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन लक्ष्मी पन्थी अर्यालले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?