सदरमुकाम संरक्षणका लागि आठवटा योजना

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारलाई नदी कटानबार जोगाउनका लागि आठवटा ठूला आयोजनाहरु संचालन गरेको छ ।

कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजार र वरपरका वस्तीलाई जोगाउन जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले रु ४८ करोडका ती योजनाहरु कार्यान्वयनमा ल्याएको हो ।

नदी कटानको उच्च जोखिममा परेको बेनी बजार,गलेश्वर क्षेत्र,राममन्दिर र पर्वत बेनी आसपासका वस्तीलाई संरक्षण गर्न आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रुपताल संरक्षण एकिकृत विकास परियोजनाका इन्जिनियर कृष्णबहादुर विकले बताउनुभयाे ।

चालु आर्थिक वर्षमा बेनी ७ स्थित जेसिज भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवनसम्म कालिगण्डकी कटानको उच्च जोखिम क्षेत्रमा एकसय ६४ मिटर लम्बाई भएको काउन्टर फोर्ट पर्खाल (नयाँ प्रविधिको हेभी पर्खाल) निर्माण थालिएको उहाँको भनाइ छ ।

यसैगरी मंगलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुईवटा प्याकेज गरेर करिब दुईसय ६२ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल लगाउने योजनाको एकहप्ता भित्रमा ठेक्का सम्झौता भई काम सुरु हुनेछ ।

६ करोड ६० लाख र ५ करोड ७७ लाख रुपियाँ लागत स्टिमेट गरिएका दुई प्याकेजका लागि सुप्रिम कन्ट्रक्सनलाई ठेक्का सम्झौताका लागि पत्र काटिसकिएको परियोजनाका सव इन्जिनियर अशोक तिमिल्सिनाले जानकारी दिनुभयाे ।

उता पर्वतको जलजला गाउँपालिका-२ गलेश्वरपारी राममन्दिर संरक्षण योजना कार्यान्वनयका लागि ४ करोड ३२ लाख रुपियाँमा माछापुच्छ्रे निर्माण सेवासँग आगामी आर्थिक वर्षभित्र सक्नेगरी ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको छ ।

ADVERTISEMENT

उक्त योजनामा कालिगण्डकी किनारमा एकसय ३८ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिने छ । धार्मिक महत्वको क्षेत्र भएकाले ठेक्काको समयअवधि भन्दा एकवर्ष अगावै सक्ने गरी काम थालिएको परियोजना पोखराका इन्जिनियर विकले बताउनुभयाे ।

कालिगण्डकी नदी कटानको उच्च जोखिम रहेको पर्वतकै जलजला गाउँपालिका २ र ३ नम्बर बगरफाँट वस्ती संरक्षणका लागि ९० मिटर लामो कम्पोजिट वाल लगाउन माछापुच्छ्रे निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी परियोजनाले तिन करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

पर्वत बेनी बजार संरक्षण योजना कार्यान्वनय गर्नका लागि तिन करोड २० लाख रुपियाँ लागत स्टिमेट तयार गरी ठेक्का सम्झौताको चरणमा रहेको परियोजना पोखराले जनाएको छ । उक्त योजना अन्तर्गत पर्वत बेनी स्थित आमा समुहको भवन देखि खेलमैदान सम्म करिब ८० मिटर लामो कम्पोजिट पर्खाल लगाइने छ ।

यसैगरी बेनी नगरपालिका-२ भसभसे स्थित म्याग्दी र कालिगण्डकीको दोभानमा ७५ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गर्न दुई करोड ३० लाख रुपियाँमा दुईवर्ष भित्रमा निर्माण सक्नेगरी हिमालयन कन्ट्रक्सन ताप्लेजुङ सँग ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको परियोजना पोखराका इन्जिनियर विकले जानकारी दिनुभयाे ।

त्यसैगरी रघुगंगा नदीको कटानबाट गलेश्वर क्षेत्रलाई जोगाउन दुई करोड ६८ लाख ३८ हजार रुपियाँमा ९० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न परियोजनाले भाग्य लक्ष्मी विआरटी जेभी सँग ठेक्का सम्झौता गरी योजना कार्यान्वयन गरिएको छ । नदी कटानको उच्च जोखिम क्षेत्रहरुमा योजना सञ्चालित भएकाले सकभर ठेक्का सम्झौता मिति अगावै निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायीलाई प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न निर्देशन इन्जिनियर विकले बताउनुभयाे ।

बेनीको कालिपुल वसपार्क, मंगलाघाट बजार र जेसिज भवन देखि म्याग्दी उद्योग वाणिज्य संघ सम्मको संरक्षण योजनाका लागि ९ करोड ४५ लाख रुपैयाँमा परियोजनाले गत वर्ष रौताहट-विएनबी कन्ट्रक्सन जेभी सँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजनामा गत वर्ष मंगलाघाट र वसपार्क क्षेत्रमा करिब तिन करोड रुपैयाँ बराबरको काम सम्पन्न भएको परियोजना पोखराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?