काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीब्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नु भएको छ ।
भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उहाँले अव सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने बताउनु भयो ।
बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजनालाई अघि बढाउन लागि सरकारले अव चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । सो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भिर बन्नुपर्ने बताउनु भयो । उहाँले नेपालले विकासमा फड्को मार्ने हो भने पनि सो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने धारणा राख्नु भयो ।
उपमहासचिव ज्ञवालीले भन्नु भयो, ‘बीआरआई अघि बढन नसक्नुमा भूराजनीतिक इस्यूहरुले पनि कहिलेकाही काम गरेको मैले देखेको छु । त्यसो भएर बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनु पर्छ भन्ने मलाई लाग्दछ । हामीले जतिछिटो यी कनेक्टिभिटीमा हाम्रा प्रस्तावहरुलाई कार्यान्वयनमा ल्याउन सक्छौं, त्यति छिटो नेपाल त्यसबाट लाभान्वित हुन सक्छ । त्यसो हुनाले सरकारलाई मेरो माननीय उपप्रधानमन्त्रीज्यूमार्फत मेरो आग्रह पनि छ–प्रस्तावित हाम्रा जतिपनि योजनाहरु छन । तिनको कम्तिमा आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अव फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ । अहिलेसम्म जेजति चर्चाहरु चलिरहेका छन । जे भएपनि अव नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीको कामलाई नेपाल सरकारले सो कामलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्नेछ । दोस्रो, योसँग जोडिएर आउने भूराजनीतिक प्रश्नहरु छन । म के कुरामा विश्वस्त छु भन्दाखेरी चिनियाँ मित्रहरुले बारम्बार एउटा कुरा भन्ने गर्नु भएको छ –चीन विकासको जतिसुकै उच्च तहमा पुगोस्, जतिसुकै विकसित होस् । चीनले कहिल्यै जियोग्राफिक एम्विशन राख्ने छैन । चीनले भन्ने गरेको छ–बाह्य हस्तक्षेपको पीडा छ भन्ने कुरामा हामी आफैंले भोग्दै आएका छौं । चीनको यो भनाईलाई हामीले मित्र राष्ट्रको हैसियताले गम्भिरतापूर्वक लिनु पर्दछ । नेपालको विकासमा फड्को मार्ने हो भने बीआरआई महत्वपूर्ण परियोजना हो भन्ने मलाई लाग्दछ ।’
उपमहासचिव ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पु¥याउने तर्क गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपालको विकासमा बीआरआई परियोजना महत्वपूर्ण अवसर हुने बताउनु भयो । उहाँले नेपालको पूर्वाधार विकासमा चीनले सहयोगका हातहरु थप अघि बढाउन चाहेको पनि बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts